Developed By Kuldeep Sharma

June 30, 2022

कृषि मन्त्रालयमा किसानले लगाए ताला, माग पूरा नभएसम्म धर्ना दिने

जनकपुरधाम। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन्।

शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर किसानहरु आन्दोलित भएका हुन्।

मन्त्रालयमा ताला लगाएर किसानहरु धर्नामा बसेका छन्। प्रदेशका विभिन्न जिल्लाबाट आएका कृषक समूह र सहकारीमा आवद्ध किसानहरु आन्दोलन गर्न कृषि मन्त्रालय आएका हुन्।

जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले सरकारले सम्झौता गरेको र शीत भण्डार निर्माण गर्दा भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए।

उनका अनुसार प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो। शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेको छैन।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ। यो विषय सांसदहरुले सदनमा समेत पटक–पटक उठाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma