Developed By Kuldeep Sharma

May 4, 2022

कैलालीमा एकै दिन झुण्डिएर तीन जनाको मृत्यु

कैलाली । कैलालीमा एकै दिन झुण्डिएर तीन जनाले आत्महत्या गरेका छन्। मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा तीन जना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानीय पशुपति सामुदायिक वनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन्। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।

भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनीले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी छिन्। उनको शव पनि टीकापुर अस्पतालमा राखिएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने नम्रता चौधरीले पनि पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छिन्। १६ वर्षीया नम्रताको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma