सफलता बोगटी – अधिकांश दक्षिण एसियाका मानिसहरु गरीबीमै जन्मन्छन्, गरीबीमै हुर्कन्छन् र गरीबीमै मर्छन्। घरमा बच्चा जन्मियो भने सुत्केरीलाइ एउटा भाले काटेर खान दिन पनि शाहु महाजनसंग ऋण माग्नु पर्छ। जिन्दगीभरी रातो दिन दाउरा घाँस, कुटो कोदालो खन्ने, अरुको करीया भरीया नोकर चाकर बनेर नै जिवन जान्छ। अन्त्यमा घरमा कोहि मरीमराऊ भयो भने लासलाइ भुइमा सुताएर कात्रो किन्न पनि साहु महाजनसंग ऋण माग्ने गर्दछन गरीबहरु। विल गेट्ले भनेका थिए ‘तिमी गरीब परिवामा जन्मनु तिम्रो कुनै गल्ति होइन तर तिमी मर्दा पनि गरब नै भएर म¥यौ भने त्यो चाहि तिम्रो सारै ठुलो गल्ति हो।’
आज स्केन्डिनिभियन देशहरुले आफुलाइ गरीबी मुक्त देश घोषणा गरी सकेका छन्। विश्वमा यी ६ वटा देशहरु अति नै धनि देशहरु हुन् कुवेत, ब्रुनाइ, कतार, लग्जेम्बर्ग, सिगापुर र ताइवान। जि २० देशहरुसंग संसारको कुल ग्राहस्थ उत्पादनको ६२ प्रतिशत सम्पति छ। चिनले पनि पश्चिमी सिन्जिङ्ग प्रान्त बाहेक अरु प्रान्तलाइ गरीबीमुक्त प्रान्त घोषणा गरेको छ। सिन्जिङ्ग प्रान्तमा चाहि मुसलमानहरुको बसोबास छ। चिनको पुर्वि भागमा ९४ प्रतिशत जनसंख्या बस्छन् भने तिब्बत र सिन्जिङ्गमा केबल ६ प्रतिशत मात्र। भारत वर्षमा भने कुल जनसंख्याको १ प्रतिशत वा १ करोड ५० लाख जनसंख्या मागेर नै पुस्तौपुस्ता जिविका चलाउदे आएको छ। जसरी अति सुन्दरी बन्नका लागि नारीहरु व्युटी पार्लर पुरुषहरु हण्डसम पार्लरमा जान्छन त्यसरी नै अति नै दिनहिन वा कुरुप बन्न भारतमा मानिसहरु अग्लि पार्लर जान्छन्। त्यहाँ गएपछि यति कुरुप बनाउदछ की जो मान्छेको पनि मन पग्लेर त्यस मगन्तेलाइ रकम दिन्छ। तर ति मगन्तेहरु नेपालका पशुपतिनाथका पुजारीहरु भन्दा पनि धनि हुन्छन। यो पनि नक्कली गरीबि मात्र हो। गिरोहहरुले मानिस वा बच्चा अपहरण गरेर अपागं बनाउदछन् अनी माग्न लगाएर उठेको भेटी आफैले लान्छन्।
विश्वका धनि इलन मक्सले धनि बन्नका लागि काम गरेकै छैनन्। उनका तिनवटा कामहरुले उनलाइ विश्वको धनि बनाएको हो। स्पेस एक्स, टेस्ला कम्पनि र ट्विटर। उनले पृथ्वीबाट मंगलग्रहमा जाने आउने भाडा पनि उठाउन थालेका छन्। एक दिन विश्वका सबै मानिसहरुसंग आजका इलन मक्सको जत्ति कै सम्पति हुनेछ भन्ने तर्क छ। मानव विकास सुचाङ्कलाइ आधार मान्ने हो भने विश्वमा नर्वे, क्यानडा र न्युजिलैण्डको मानव विकास उच्च छ। राम्रो विकास प्रणाली बनाएर लैजाने हो भने सिंगापुर र स्वीजरलैण्ड भन्दा विकसित नेपाल बनाउन सकिन्छ।
१ अर्ब ४२ करोड जनसंख्या भएको चिन गरीबीमुक्त हुनु र हामी २.९ करोड नेपाली गरीब हुन आफैमा हाँसस्पद विषय हो। यसको मतलव हाम्रा विकास रणनीतिहरु गरीबी केन्द्रित भएनन्।
निरपेक्ष गरीबि र सापेक्ष गरीबि : जैविक आवश्यकता वा भोक प्यास निन्द्रा र सेक्स यी ४ कुरालाइ जैविक आवश्यकता भनिन्छ। यी ४ आवश्यकता नै पुरा गर्न धौधौ हुनेलाइ निरपेक्ष गरीबि भनिन्छ। खाना छाना माना र नाना नहुने मान्छे कंगाल हो। हिमालय शमशेर राणाले कंगालीहरुलाइ मुक्त गर्न निर्धन उत्थान बैंक स्थापना गरेका थिए। कंगाल भएपछि मात्र मान्छे चण्डाल बन्छ भन्ने सामाजिक मान्यता हो। निरपेक्ष गरीबीबाट माथि गए पछि २ प्रकारका गरीबीहरु देखापर्छन वा सापेक्ष गरीबी। सापेक्ष गरीबी भनेको करोडपतिका छेऊमा लखपति गरीबी देखिनु हो। आर्थर सि ल्कार्कका अनुसार संसारबाट सन २०५० देखि निपेक्ष गरीबी अन्त्य हुनेछ। त्यसपछि सापेक्ष गरीबहरु मात्र पाइने छन्। सन २१०० देखि भने सबै मानिसहरुको आर्थिक हैसियत एउटै स्तरको हुनेछ। सबैको आर्थिक स्तर एउटै भएपछि सबै वस्तु र सेवाको गुणस्तर पनि एउटै हुनेछ। अथवा सबै जना १० तारे होटलमा नै खाना खानेछन्। सबैसंग हालको विश्वको सबै भन्दा महंगो कार हुनेछ त्यो समयमा अरु कमजोर कारहरु विक्ने छैनन्। किनकि सबैजनासंग समान रकम छ। यसलाइ पनि गरीबी मुक्त विश्व भन्न सकिन्छ।
तेस्रो विश्व युद्ध नभए सम्मका लागि संयुक्त राष्ट संघले काम गर्नेछ। कतिपयले तेस्रो विश्व युद्धका पक्षमा बोलेका पनि छन्। तेस्रो विश्व युद्धले संसारका देशहरुको भौगोलिक सिमानामा भारी परीवर्तन गरी दिनेछ। अथवा तेस्रो विश्व युद्ध पछि संसारमा केवल अहिलेका ७ महादेशहरु नै ७ वटा देशहरुमा परीवर्तन हुनेछन। तर आजको संयुक्त राष्ट्र संघले पनि सन २०३० सम्म विश्वबाट गरीबी हटाउनु पर्छ भनेर दिगो विकासका १७ वटा लक्ष्यहरु लागु गर्न सदस्य राष्ट्रहरु समक्ष प्रस्तुत गरेको छ। दिगो विकासका यी १७ वटा लक्ष्यहरु नर्वेको विकास मोडलमा आधारीत छन्। दिगो विकासको प्रपोजल नर्वेले बनाएर संयुक्त राष्ट्र संघलाइ दिएको हो।
यसका अतिरिक्त विश्व बैंकको विकल्पका रुपमा संयुक्त राष्ट्र संघ र अक्सफोर्ड विश्वविद्यालयले गरीबीका बहुआयमिक सुचाङ्कहरु प्रस्तुत गरेका छन। यी सुचाङ्कहरु चाहि व्याक्तिमा लागु हुनु पर्नेहुन्छ। जस्तो जसले दैनिक २०० लिटर पानी प्रयोग गर्दैन भने त्यहि हो गरीब, जसले दैनिक आधा लिटर दुध वा ३०० ग्राम मासु खादैन भने त्यहि हो गरीब। यस्ता ५० वटा सुचाङ्कहरु सबै व्याक्तिमा लागु भएमा पनि संसार गरीबी मुक्त हुन्छ।
मानसिक गरीबि र भौतिक गरीबि : संसारमा २ किसिमका गरीबी हुन्छन्। मानसिक र भौतिक गरीबी। मानसिक गरीबीका कारण मानिस भौतिक गरीबी बन्छ। नेपालीहरुको मानसिक गरीबिका कारण नै नेपाल विकसित बन्न नसकेको हो।
मानसिक गरीबिका लक्षणहरु यस प्रकार हुन्छन् : अपराधिक सोचाइ, विभेदपुर्ण व्यावहार, पुर्वाग्रहि, समाज र नकारात्मक चिन्तन। नेपाली समाज भारती समाज भुटानी समाज सबै स्थानहरुमा मानसिक गरीबी छन्। निम्न पुजिवादी चिन्तन नै मानसिक गरीबी हो। जस्तो जिवनमा खान लाउन पुग्यो भने भयो भन्ने सोचाइ। भौतिक गरीबी भनेको चाहि सडक त बन्यो तर आफुसंग कार छैन बाइक छैन भने त्यो बाटोको के काम। शहरमा ठुलाठुला विल्डिङ्ग त बने तर बस्न पाइएन भने के काम। मानसिक विकासमा आधारित भौतिक विकास मात्र टिकाउ हुन्छ। सबै गरीबवर्गका मानिसहरु धनि बन्न चाहान्छन तर उनिहरुले धनि बन्न गल्ति गरीरहेका हुन्छन्। धनिवर्गका मानिसहरु ति हुन जसले गरीब बन्न गल्ति गरीरहेका हुन्छन्।आजकाल स्वातन्त्रतालाइ नै धन मानिन्छ। जिवनमा जसले यी ४ स्वातन्त्रताको व्यावस्थापन गर्न जानदन्छ उनिहरु नै धनि हुन्। यी ४ स्वातन्त्रताहरु भनेका, बौद्धिक वा प्राज्ञिक स्वातन्त्रता, वित्तीय स्वातन्त्रता, समयको स्वातन्त्रता र मनोञ्जनको स्वातन्त्रता। यी ४ स्वातन्त्रताले मान्छेको योग्यता, दक्षता, क्षमता र प्रतिभामा विलक्षण परीवर्तन ल्याइदिनेछ र संसार गरीबी मुक्त बन्ने छ। नाराले मात्र संसार गरीबीमुक्त बन्न सक्दैन।
एउटा सनातन भनाइ : ‘ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥’
प्रतिक्रिया