Developed By Kuldeep Sharma

November 25, 2022

चार वर्षअघि अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ

काठमाडौं।  चार वर्षअघि अस्ट्रेलियामा एक महिलाको हत्या गरेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन्। ती व्यक्तिको नाम राजविंदर सिंह हो।

२४ वर्षीय टोया कोर्डिङ्लेको शव अक्टोबर २०१८ मा फेला परेको थियो। यसलाई निकै क्रूर हमला भनिएको थियो।

यस महिनाको सुरुमा क्वीन्सल्याण्ड सरकारले आरोपीको जानकारी दिनेलाई ५५ करोड भारतीय रुपैयाँ पुरस्कार तोकेको थियो।

क्वीन्सल्याण्ड प्रहरीले आरोपितलाई भारतीय अधिकारीहरूले शुक्रबार दिल्लीबाट पक्राउ गरेको बताएको छ।

उनको अष्ट्रेलिया सुपुर्दगीका लागि छिट्टै सुनुवाइ हुनेछ। अष्ट्रेलिया ल्याएपछि आरोपितमाथि फौजदारी मुद्दा चलाइनेछ।

क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याट्रिना क्यालोरले भनिन्, ‘म पक्का छु कि हाम्रो मुद्दा अदालतमा लैजान निकै बलियो छ।’

राजविंदर सिंह नर्सको रूपमा काम गर्थे । तर, टोयाको शव भेटिएपछि उनी आफ्नो जागिर, श्रीमती र तीन छोराछोरी छोडेर भागेका थिए। उनको तस्बिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको थियो।

टोया कोर्डिंग्ले २१ अक्टोबर २०१८ मा वानजेटी बीचमा आफ्नो कुकुरलाई घुमाउनका लागि गएकी थिइन्। तर उनी त्यहाँबाट फर्किइनन्। त्यसको भोलिपल्ट महिलाका पिताले उनको आधा जलेको शव भेटे।

मूलतः पञ्जाबको बटर कलानका बासिन्दा राखविन्दर  सिंह हत्याका बेला इनिसफेलमा बस्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma