Developed By Kuldeep Sharma

May 29, 2022

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्- कहिँ कतै आवाज सुनिएको छैन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङमा दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको आशंका गरिएपनि त्यसबारे कुनै जानकारी प्राप्त नभएको अधिकारीहरूले बताएका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख रामकुमार डाँगीले जहाज कता दुर्घटना भएको भन्नेबारे कुनै पत्ता लाग्न नसकेको बताए। यस्तै मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले पनि लेते आसपासमा ठूलो आवाज आएको भन्नेकुरा साचो नभएको बताए।

‘हामी कतैबाट केही जानकारी आउछ की भनेर इलाका प्रहरी कार्यालय लेतेमै छौं। कतैबाट जानकारी आएको छैन’, उनले मुलुक प्रेससँग भने,’जहाज सम्पर्कविहीन भएको कुरा गोठालाहरूदेखि सबैलाई जानकारी गराएका छौं, कतैबाट केही खबर आएको छैन।’

गौचनले उच्च भेगमा दुर्घटना भएको हुन सक्ने भन्दै गाउँपालिकाको वडा नम्बर १-३ को बीचमा दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरे। उक्त क्षेत्र बस्तीहरूभन्दा निकै टाढा भएको बताए। लेतेमा बिहानैदेखि पानी परेको र बाक्लो बादल लागेकाले मौसम निकै खराब भएको सुनाए। जोमसोमबाट हेलिकप्टर आए पनि बतै बस्न नसकेर फर्किएको उनले जानकारी दिए।

वडा नम्बर ३ का लेतेका अध्यक्ष हरिप्रसाद गौचनले वडाका सबै मान्छेहरुलाई फोन गरिरहेको तर दुर्घटनाबारे कसैले पनि आवाज सनेको नभनेको बताए। ‘मिडियातिर यतै दुर्घटना भयो भन्ने खबर आइरहेको छ तर हामीले अहिलेसम्म केही थाहा पाउन सकिरहेका छैनौं,’उनले भने।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो। विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी गरी २२ जना सवार रहेको बुझिएको छ।

हराएको जहाज खोज्न नसकेर हेलिकोप्टर फर्कियो, पैदल गएका सुरक्षाकर्मीलाई पुग्नै २ दिन लाग्न सक्छ

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्- कहिँ कतै आवाज सुनिएको छैन

यी हुन् सम्पर्कविहीन जहाजमा सवार १६ नेपाली र ६ विदेशी नागरिक (सूचीसहित)

सम्पर्कविहीन जहाजको खोजीका लागि जोमसोम र काठमाडौंबाट २ हेलिकोप्टर परिचालन

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन, खोजी कार्य तीव्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma